• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ प्रदेशमा मनसुन सक्रिय

६ प्रदेशमा मनसुन सक्रिय


समायोजन खबर
  • बिहिबार, असार ४ २०७७

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर काठमाण्डौ, सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । मनसुन सुदूरपश्चिमतर्फ सर्ने क्रममा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभाव देखिएकाले कर्णालीबाट मनसुन अगाडि बढ्न नसकेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । आज प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ । त्यस्तै प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । अहिले काठमाण्डौ उपत्यका सहित प्रदेश १ र ५ का केही ठाउँमा हल्का पानी परेको छ ।

    आज दिउँसोपख प्रदेश २, वाग्मती, गण्डकी, र कर्णालीमा सामान्य बदली रहने र बाँकी प्रदेशमा पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।

    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।२०७७ असार ४ गते बिहान ९:२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology