• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

५८६ जनामा काेराेना पुष्टि,संक्रमितको संख्या ७१७७ पुग्यो

५८६ जनामा काेराेना पुष्टि,संक्रमितको संख्या ७१७७ पुग्यो


समायोजन खबर
  • बुधबार, असार ३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ, नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा सङ्क्रिमत हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

    धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा दुई सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    भरतपुर अस्पतालमा भएको परीक्षणमा तीन, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा एक, पोखरामा भएको परीक्षणमा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा सात जनाको पोजेटिभ देखिएको छ ।२०७७ असार ३ गते राती ८ :३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology