• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्यान्सरका कारण गाउँपालिका अध्यक्ष शेर्पाको निधन

क्यान्सरका कारण गाउँपालिका अध्यक्ष शेर्पाको निधन


समायोजन खबर
  • मंगलबार, असार २ २०७७

  • खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पा ।

    समायोजन खबर सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको ३९ वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष शेर्पाको मंगलबार बिहान साढे ८ बजे निधन भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

    सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि १० जेठमा हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको प्रवक्ता शेर्पाले बताए।

    शेर्पाको पछिल्लो समय काठमाण्डौको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ । तत्कालीन एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्थ्यो ।२०७७ असार २ गते मध्यान्ह १२ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology