समायोजन खबर काठमाडौं, आज थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०र१० जनाको रिपोर्ट पोजेटिभ आएको छ । धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५र५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४र४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३र३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।
डिस्चार्ज हुनेको संख्या एक हजार नाघ्यो
यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमबारसम्म १०४१ जना डिस्चार्ज भएर घर फर्किएका हुन् । सोमबारको अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टामा मात्रै ७३ जना डिस्चार्ज भएको जानकारी दिए ।२०७७ असार १ गते साँझ ५ :१९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology