• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा भित्रियो मनसुन, केही ठाउँमा ठूलो पानी पर्ने

नेपालमा भित्रियो मनसुन, केही ठाउँमा ठूलो पानी पर्ने


समायोजन खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर काठमाडौं, नेपालमा मनसुन भित्रिएको छ । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।यससँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ ।

    गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । १२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिने मौसमविद समिर श्रेष्ठले बताए ।
    यसैविच, आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् ।२०७७ जेठ ३२ गते बिहान ८ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology