समायोजन खबरसिरहा, जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि मियाँले युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको भनाई उद्रित गर्दै प्रहरीले बताएको छ ।
घटना आइतबारै भएपनि स्थानीयको दवावमा गाउँमै मिलाउने कोशिस भएको थियो । भोलिपल्ट अबेरमात्र प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ युवकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरेको छ । प्रहरीले युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ ।२०७७ जेठ २८ गते राती ८ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology