समायोजन खबर रुपन्देही, रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।
स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए। मृतकहरु को को हुन् भन्ने खुलेको छैन।
गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ जादैछ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन्। विस्तृत घटनास्थल पुगेर भनौंला, पाँचजनाको हत्या भएको खबर पाएपछि हामी घटनास्थल जादै छौुं उनले भने। २०७७ जेठ २७ गते बिहान ७ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology