• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै राँके जुलुस

हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै राँके जुलुस


समायोजन खबर
  • मंगलबार, जेष्ठ २७ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिम रुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।

    प्रहरीलाई झुक्याएर सरस्वती आधारभुत विद्यालय पोखरीबाट सुरु गरिएको जुलुसको राँको पुरानो बैंकचोकमा प्रहरीले खोसेको थियो । प्रहरीले हस्तक्षेप गरेर राँको खोसेपछि संघर्ष समितिको टोलीले त्रिबेणीचोकमा पुगेर कोणसभा गरेको छ । कोणसभालाई संघर्ष समितिका संयोजक दिपक ठटालले सम्बोधन गरेका थिए ।
    जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम सुरु गरेको हो ।

    दलितद्धारा निर्मित हतियार प्रदर्शन सहित मार्च पास गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका संयोजक ठटालले बताए । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिले जनाएको छ । २०७७ जेठ २७ गते बिहान ६ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology