• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छिमेकीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर

छिमेकीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर


समायोजन खबर
  • आइतबार, जेष्ठ २५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ,  खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका ६५ वर्षीय डिल्लीराज राईको  छिमेकीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । उनकी ६२ वर्षीय श्रीमती साममायाँ राई गम्भीर घाईते भएकी छन् ।

    आईतबार स्थानीय ३६ वर्षीय छिमेकी शिबराज राईको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका डिल्लीराजको हेलीकोप्टरमार्फत उपचारका लागि काठ्माण्डौं पठाउने तयारी गर्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।
    साममायाँलाई भने कैलास एयरको हेलीकोप्टरबाट काठ्माण्डौं पु¥याइएको प्रहरीले जनाएको छ ।

    अभियुक्तले दम्पत्तीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । काठ्माण्डौं बसिरहेका अभियुक्त लकडाउन अगाडि मात्र गाउँ आएको वडाध्यक्ष बलीराज राईले बताए । यस्तै, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका मणिकुमार राई सुसाईड नोटसहित झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
    २०७७ जेठ २५ गते अपरान्ह ४ : ५६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology