• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज दिनभर झरी

आज दिनभर झरी


समायोजन खबर
  • शनिबार, जेष्ठ २४ २०७७

  • प्रतिकात्मक तस्विर।

    समायोजन खबर काठमाण्डौ, आज दिनभरी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो एकैछिन रोकिए पनि फेरी पानी पर्न सुरु हुने र बेलुकापछि भने पानी पर्न रोकिने छ । भोलिदेखि स्थानीय वायुको कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।

    यस्तै मनसुन भित्रन अहिले प्रणालीको विकास भइरहेको छ । पाँचवटा प्रणालीमध्ये केही विकास भइसकेका र केही भित्रने क्रममा रहेकाले यो हप्ताको अन्तिमतिर मनसुन भित्रने अनुमान गरिएको मौसमविदले बताएका छन् ।२०७७ जेठ २४ गते बिहान ९ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology