• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यातायात व्यवसायीहरु ८/१० वर्ष पछाडी परिसक्यौ

यातायात व्यवसायीहरु ८/१० वर्ष पछाडी परिसक्यौ


समायोजन खबर
  • शनिबार, जेष्ठ २४ २०७७

  • खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ ।

    समायोजन खबर खोटाङ, कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनबाट अहिले सबैभन्दा बढी यातायात क्षेत्र प्रभावित भएको छ । करोडौको लगानीमा सञ्चालित नीजि क्षेत्रका लाखौं यातायात व्यवसायीले उठ्नै नसक्नेगरी घाटा ब्यहोर्नुपरेको परिस्थिति छ ।
    खोटाङबाट सञ्चालित सबै किसिमका यातायात क्षेत्रलाई पनि लकडाउन अछुतो राखेन । लकडाउनले यातायात क्षेत्रमा पारेको प्रभावका बारेमा खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङसँग समायोजन खबर डटकमले गरेको कुराकानीको संम्पािदत अंश ।
    लकडाउनले यातायात क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । अब, कसरी उठ्न सकिन्छ ।
    लकडाउनले विश्वभर नै सबैभन्दा बढी यातायात क्षेत्रलाई प्रभावित बनायो । यसलाई उठाउन भनौ अथवा अगाडी बढ्नका लागि सरकारको तर्फबाट यातायातलाइ समेट्ने एउटा राम्रो प्याकेज आएन भने यो देशमा ५ लाखभन्दा बढी सार्वजनिक यातायातहरु सञ्चालन भइरहेका छन् । ति सबै यातायात व्यवसायीहरु उठ्न सक्ने अवस्था छैन ।
    लकडाउनले कति नोक्सान ब्यहोर्नुप¥र्यो ।
    नोक्सानको कुरा गर्दा ठूलो नोक्सान छ । किनभने, बैंकको किस्ता, चालक, सह–चालक, कर्मचारीको तलब, गाडी मर्मत, धेरैदिन गाडी थन्काएपछि मोबिल, पानी, हाइडोलिक केही पनि काम नदिने अवस्था हुन्छ सवै चेन्ज गर्नुपर्छ । किस्ता छिटो तिर्न भनेर बैंकबाट बारम्बार फोन आइरहेको छ । यो लकडाउनले गर्दा एउटा यातायात व्यवसायीलाई एउटा गाडी बराबर ३/४ लाखभन्दा बढी घाटा भएको देखिन्छ ।
    पहिलेको अवस्थामा कसरी पुग्न सकिन्छ ।
    पहिलाकै अवस्थामा पुग्नका लागि चाँहि सरकारकै तर्फबाट सहि ढंगले यातायात व्यवसायीलाई छुट्टै प्याकेज सिर्जना नभएसम्म अथवा सरकारकोतर्फबाट सम्बोधन नभएसम्म यातायात व्यवसायीहरु अगाडी बढ्न सक्ने अवस्था नै छैन । किनभने, पहिलाको ठाउँमा यातायात व्यवसायी पुग्नलाई तत्काल नै लकडाउन खुल्यो भने पनि यात्रुहरु चढ्ने, बोक्ने, ओसारपसार गर्ने अवस्थामा आउनलाई १/२ वर्ष लाग्छ । लगभग ८/१० वर्ष पछाडी यातायात व्यवसायीहरु परिसक्यौ ।
    सरकारले यातायातको कर र बैंकले किस्तामा सहुलियत दिन्छ त ।
    बिमाका लागि सरकारकै तर्फबाट बिमा समितिलाई जति दिनसम्म गाडी थन्किन्छ त्यसको बिमा चाँहि क्लोज गरिदिने, कति महिना गाडी थन्किन्छ, कति महिना लकडाउन खुल्दैन त्यसो गरिदिने भन्ने कुरा चाँहि छ । तर, अहिलेसम्म सरकारले किस्ताको लागि साँवा,व्याज र त्यसलाई पछाडी सार्ने भन्ने विषयमा कुनै ठोस आधिकारिक निर्णय गरेको छैन । बैंकलाई आधिकारी जानकारी पनि छैन भन्ने छ । सरकारले यो विषयमा ध्यान नदिने हो भने, व्यवसाय गर्न सक्ने अवस्था छैन ।
    यातायातका कर्मचारीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ।
    एकदमै राम्रो प्रश्न हो यो । यातायातमा कार्यरत कर्मचारी घरपायक पर्ने अथवा गाडी जहाँ छ त्यही बसिरहनु भएको अवस्था छ । यातायातमा कार्यरत, चालक, सह–चालक र कर्मचारीलाई जहाँ हुनुहुन्छ सुरक्षित बस्नलाई निर्देशन दिएका छौ । र, गाडी नचल्दा अफ्ठयारो पर्दा ब्यक्तिगत रुपमा उहाँहरुलाई ऋणपान जसरी हुन्छ थोरबहुत खर्च व्यवस्थापन गरिदिएर घर परिवारमा बस्नुभएको छ ।
    नआतिनुहोस, एकदिन न एकदिन लकडाउन खुल्छ । तपाईहरुको रोजीरोटी खोसिदैन तपाइहरु जुन ठाउँमा हुनुहुन्छ । त्यही स्थानमा सुरक्षितसँग बस्नुहोस हामीले दिने सेवासुविधालाई कटौती गर्दैनौ भनेर भनेका छौ । यो नीजि क्षेत्र पनि हो । धेरैजसोलाई चाँहि व्यवसाय नै नचलेपछि भोली गएर समस्या हुनसक्छ । एकआपसमा समन्वय गर्नुपर्छ भन्ने आश्वसन दिएका छौ ।२०७७ जेठ २४ गते बिहान ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology