समायोजन खबर काठमाण्डौ,मलेसियामा एक हप्ताभित्र थप १४ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियामा कोरानो सङ्क्रमित नेपालीमध्ये २२ जना निको भएका छन् । कोरोना सङ्क्रमित सबैजना पुरुष रहेका छन् ।
मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ । अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ ।२०७७ जेठ २२ गते साँझ ६ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology