• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थमिनी बढेमाको मनै रुवाउने कथा (भिडियोसहित)

थमिनी बढेमाको मनै रुवाउने कथा (भिडियोसहित)


समायोजन खबर
  • बुधबार, जेष्ठ २१ २०७७

  • हलेसी तुवाचुङ् नगरपालिका १० अर्खौले बिजुलेमा बसोबास गर्ने ८५ बर्षिय कान्छीमाया विश्वकर्मा ।

    समायोजन खबर काठमाण्डौ, यतिखेर बिश्वब्यापि माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण बिश्वको अधिकाँस देशहरु लकडाउनको अबस्थामा रहेको छ । र यसको ठुलो असर नेपालमा पनि परेको छ । यस समयमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत बन्द छ । घरबाट समेत अत्याबश्यक कामबिना निस्कन पाइदैन । लकडाउनमा सबै फुर्सदिलो बनेका छन । यसबेला फिल्म हेर्ने पुस्तक पढने वा अन्य काम गर्दै समय बिताइरहेका छन । भने कसैले केही नया उदाहरणिय कामहरु गरिरहेका छन ।

    यस्तैमा लकडाउनको समयमा आफ्नो जिल्ला खोटाङ, पुगेका प्रकाश पुरिले भने आफ्नै गाउमा रहेका समाजबाट अपहेलित एक दलित परिवारको डकुमेन्ट्रि तयार पारेका छन । हलेसी तुवाचुङ् नगरपालिका १० अर्खौले बिजुलेमा बसोबास गर्ने ८५ बर्षिय कान्छीमाया विश्वकर्मा
    अर्थात थमिनी बढेमाको कथा समेटिएको यस डकुमेन्ट्रिलाइ मैले देखेको कथा नाम राखिएको छ ।

    स्कृप्ट राईटर तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेको पुरिले लकडाउनको समयअवधीमा प्रायजसो सर्ट फिल्म, म्युजीक भिडियोहरु मात्र बनिरहेको र आफूले भने केही नयाँ काम गरौ भनि डकुमेन्ट्री तयार पारेको बताए । साथै यस डकुमेन्ट्रिले समाजबाट सदीयौ देखी छुवाछुतको भेदभाव भईरहेको, गाउँ भरीको एक मात्र दलीत तथा बिपन्न बृद्व थमीनी बडेमाको जिवन, भोगाई र अनुभवहरुलाई समेटेका छन ।‘मैले देखेको कथा डकुमेन्ट्रिमा देखाइएको थमीनी बढेमा १० जना सन्तानकी आमा हुन् । उनका ८ जना बच्चा मरेर गए, बाँकि २ जना पनि बेपत्ता रहेका छन । हाल उनि सन्तान विहीन छिन् । अहिले उनी आफ्नो ९५ बर्षिय श्रीमानसँग बस्दै आइरहेकि छिन । १५ बर्षको उमेरमा बिबाह गरेकि थमिनि बढेमाले त्यहि ठाउमा एक जुग बिताइसकेकि छिन । अहिले उनको आफ्नो नामको जग्गामा घर छैन । गाउँभरी धारा, बिजुली बत्ति, सडक टेलिफोन लगायतको सुबिधा भएता पनि उनको घरमा यी मध्ये कुनैको पनि सुबिधा छैन । उनी गाउँ भरीकी सबै भन्दा बृद्ध परिवार हुन् । उनका नजिकमा कोही छिमेकीहरु छैनन । उनले आफ्नो जिवनयापन मासिक रुपमा आउने ३ हजार रुपैयाँ बृद्धा भत्ताले चलाइरहेकि छिन।
    डोको र नाम्लोमा जिन्दगी बिताइरहेकि बढेमासँग उमेर छैन, सन्तान छैनन, सम्पती छैन, संसार देखेकी छैनन, तर पनी उनलाई कुनै गुनासो छैन । अझै उनि सधै हाँसेरै हिडिरहेता पनि सबैभन्दा बढि पिर आफ्नो श्रीमानको रहेको बताउँछिन। उनको मार्मिक जिवन भोगाइको कथा समेटिएको २० मिनेट लामो डकुमेन्ट्री हेर्दा जो कोहीको नि आँखा रसाउँछन ।
    देशले आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहेता पनि जातिय भेदभाबमा कुनै परिवर्तन आएको पाइदैन । भने, देशका कतिपय ठाउँमा थमीनी बढेमाहरु होलान् । जसले जिन्दगी भरी छुवाछुत र भेदभाव भोगेका छन् र अझै भोगीरहेका छन ।
    यस्ता अझै कती कथाहरु होलान जुन संसारले हेर्न बाँकी छ । यो त एउटा उदाहरण मात्रै हुन । यसरी हरेक बर्ष जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाईरहेको भएतापनि देशमा हरेक बर्ष हजारौ दलितहरु अपहेलित बन्नुपरेको छ भने कतिले ज्यान समेत गुमाएका छन् ।
    पछिल्लो उदाहरण दिनुपर्दा रुकुममा नबराज बिकले मल्ल थरको एक युवतिसँग प्रेम गर्दा उनिसहित अन्य ६ जनाले ज्यान गुमाउनु परेको छ । २१ औँ शताब्दीको युगमा पनी हामी जहाको त्यहीँ छौँ । यहाँ समाज बदलेर केही हुनेवाला छैन । सबैले मानसिकता बदल्नुपर्ने देखिन्छ । दलीत प्रथा, छुवाछुत र भेदभाव अझै कहीलेसम्म ?

    भिडीयो ‘मैले देखेको कथा’ लकडाउनको समयमा गाउँमा बसीरहदा मोवाइलबाट खिचेर पुरिले तयार पारेका हुन । यस कथाको माध्यमबाट थमीनी बढेमा जस्ता उत्पीडीतहरुको आवाज उठाउन खोजेको उनको भनाइ छ । यो डकुमेन्ट्री भिडीयो उनको आफ्नै प्रकाश पुरि युट्युब च्यानलमा हेर्न सकिनेछ ।लेखक प्रकाश पुरी कान्तिपुर फिल्म एकेडेमीका सिइओ हुन् ।

    भिडियो लिंक । <iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/BeQWSDMsEjk” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology