समायोजन खबर सुनसरी, इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरास्थित एकता मार्गमा युवाहरु एक समूहको छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । इटहरी २० निवासी ३० बर्षीय रादन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
ग्याङ फाइटमा उनीमाथि स्थानीय प्रज्वल तामाङ, अबिषेक केसी र अबिषेक पौडेल समुहले अन्धाधुन्द छुरा प्रहार गरेका थिए । गम्भिर घाईते राईको तरहरास्थित नितान्त पोलिक्लिनकमा भर्ना गरिएपनि उपचार संम्भव नभएपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनलेको विपिको एमरजेन्सी कक्षमा उपचारका क्रममा राती नै मृत्यु भएको तरहरा प्रहरी चौंकीका इन्चार्ज चन्द्र शाक्यले बताए ।
राईलाई छुरा प्रहार गरि हत्या गर्ने युवाहरु फरार रहेकाले उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनिहरुबीच के कारणले ग्याङ फाइटमा भएको हो भन्ने बिषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ । उनी युके बस्दै आएका थिए । उनी युके जाने तयारीमा थिए । लकडाउनका कारण युके जानबाट रोकिएको स्थानीयले बताएका छन् ।२०७७ जेठ १९ गते बिहान ७ : ५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology