• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सलह किरा : प्रकोपको इतिहास र नियन्त्रणको उपाय

सलह किरा : प्रकोपको इतिहास र नियन्त्रणको उपाय


समायोजन खबर
  • शनिबार, जेष्ठ १७ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, सलह फट्याङ्ग्राको एक प्रजाती हो । यो एक किसिमको फौजी किरा हो । यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ । भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ ।वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट्बिरुवा लाई सखाप बनाउछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।
    प्रकोपको इतिहास
    प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरासम्बन्धि कुराहरु उल्लेख गरेका छन् । मुख्यत कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन् । पहिलेपहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो ।
    सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ ।

    यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो । अन्र्टाटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अस्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलहलाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ ।

    अहिले पाकिस्तान हुदै भारतसम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला९ब्चबदष्बल उभलष्लकगबि० मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराएपछि प्रजनन गराएको पाइन्छ । जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए । नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरि अफ्रिका पुगेको मानिन्छ ।

    २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ । २०२० को फेब्रुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरिएको थियो । भर्खरै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५० हजार हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको छ ।
    नियन्त्रणको उपाय
    विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा ( ULV form )  अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
    कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
    किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
    टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
    अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि( Biopesticides ; Fungai based Green Muscle )  प्रयोग गर्न सकिन्छ ।
    भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा Green Muscle भन्ने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ । विकिपिडियाको सहयोगमा ।२०७७ जेठ १७ गते मध्यान्ह १२ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology