• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल सिल

सोलुखुम्बुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल सिल


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १६ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर सोलुखुम्बु, एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको घर र  जिल्ला अस्पताल सिल गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षीय युवामा कोरोना पुष्टि भएसँगै बिहीबार बसेको कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) को बैठकले सिल गर्ने निर्णय गरेको हो ।

    निमोनिया र श्वासप्रस्वासको लक्षण देखिएर जिल्ला अस्पताल फाप्लुमा भर्ना भएका युवामा सङ्क्रमण पुष्टि भएपछि अन्यमा सङ्क्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई क्वरेन्टीनमा राखिएको छ ।

    युवाको परिवार र उपचारमा संलग्न चिकित्सकहरुको पीसीआर परिक्षण गरिने तयारी भइहेकाले उनीहरुको रिपोर्ट नआएसम्म सिल गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।२०७७ जेठ १६ गते दिउँसो १ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology