सन्जय कुमार राई खोटाङ,
एकै रातो रङ्गको रगत
उही गिलो मासु
उही साह्रो हड्डी
एकै प्राणले भरिएको
सजिवतालाई र्याङकिङ्ग गर्छ हिन्दु धर्म ।
पहुँच र हैसियत तौलिन्छ
र व्यवहार गर्छ नेपाली समाज
छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ सिंहदरवार
अनि समानुभूतिको भावनात्मक आभासमा,
किन नबन्नु त आम जनजाति र दलितहरु ख्रिष्टियन ?
पण्डित र मन्दिरले छेकेपछि
किन नछिर्नु त स्वागत गर्दै छिराईने होलि चर्च ?
श्रमको आधारमा छुट्याईएको तिम्रो वर्ग
स्वयम परिभाषित गर्छौ उच्च जातको रुपमा
तिम्रो नश्लको अहंकारले
अमानवीय र घृणित हर्कत गर्छौ मानवीयतामाथि नै ।
शृष्टिलाई चलायमान बनाउने कर्मशील हातहरु
संसार श्रीङगार्ने सुन्दर शिल्पी कलाहरु
तिमीले दलित भनेर हेला गर्ने एक नश्ल
तिम्रो निच हर्कत भन्दा धेरै उच्च छ ।
नश्ल मिलेर पनि वर्ग नमिल्ने
गुमनाम छन् निर्मला पन्तहरुको न्याय
नश्ल नमिल्ने, वर्ग पनि नमिल्ने
नवराज विश्वकर्माहरुले के पाउलान र न्याय ?
दुरको दु : ख देखेर पनि नदेखे झैँ गर्ने
अपराधीहरुलाई चिनेर पनि नचिने झैँ अभिनय गर्ने
जलाईदेउ अन्धो गृह मन्त्रालय
अविलम्ब राजिनामा चटके गृहमन्त्री
अन्याय लाई पर्दाफास गर्नै नसक्ने
भत्काईदेउ तिम्रो नेपाल प्रहरीको हेड क्वाटर।
लेखक सामाजिक अभियन्ता तथा नेपाल तरुण दल खोटांङका उपाध्यक्ष हुन् ।२०७७ जेठ १५ गते साँझ ६ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology