Samayojan khabar

Advertisment

SKIP THIS

अमुख व्यक्तिहरुबाट त्रसित र भयभित बनाउने काम बढी भयो

अमुख व्यक्तिहरुबाट त्रसित र भयभित बनाउने काम बढी भयो




समायोजन खबर खोटाङ, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित स्थानबाट आएका जो कोही मानिसमा १४ दिनसम्म कोरोना भाइरसको लक्षण देखापर्ने भनेको छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एकजना २० वर्षीय युवामा प्रभावित स्थानबाट आएको २६ दिनपछि कोरोना संक्रमण पुष्टि भयो ।
अफ्ठयारोमा परेका नागरिकहरुलाई, उहाँहरुको आव्ह्वान अनुसार सर्वदलीय, सर्वपक्षीय निर्णय गरेर काठमाण्डौमा पनि सर्वदलअीय संयन्त्र बनाएर नगरपालिकाले बैसाख १२ गते बसमार्फत नागरिक भित्र्याएको थियो । बैशाख १२ गते महादेवस्थानमा आई १४ दिन होम क्वारेन्टाइनमा बसेका २४ जनाको पिसिआर परिक्षण गर्दा जेठ ५ गते ति व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो ।
कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अनावश्यक टिका टिप्पणी भइरेको छ । खास कुरा के हो भनेर समायोजन खबर डटकमले हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईसँग गरेको कुराकानीको संम्पादित अंश ।
एक जनामा कोरोना संक्रमण देखिएपछि नागरिक त्रसित भएको हो ?
त्रसित त स्वाभिक रुपमा भएकै छन्, हुन्छन नै । तर, यो त्रसित भएको भन्दा त्रसित र भयभित बनाउने काम बढी भएको छ । वास्तवमा त्यति धेरै त्रसित छैन । किनभने, कोरोना रोग यहाँ मात्रै देखा परेको हैन, नौलो पनि हैन ।
विगत २/३ महिनादेखी कोरोना रोकथाम तथा नियन्त्रणका लागि हामी सवै तह तप्काबाट यसको विरुद्धमा लागिरहेका छौ, लडिरहेका छौ । त्यसो हुनाले कोरोनासँग आतिनु पर्ने, तर्सनु पर्ने धेरै कारण छ जस्तो लाग्दैन । तर, अलि अत्याउने, भयभित बनाउने, त्रसित बनाउने काम चाँहि केही अमुख व्यक्तिहरुबाट भइरहेको छ । त्यस्तो चाँहि आत्तिहाल्नुपर्ने अवस्था छैन ।
स्थानीय सरकार के गर्दै छ ?
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सम्पूर्ण काम गरिरहेका छौ । विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि र स्वास्थ्यकर्मीलाई आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरु तयारी गरेका छौ । प्रहरी प्रशासनसँग समन्वय गरेका छौ । कोरोना भाइरसको संक्रमित व्यक्ति फेला परेपछि अनिश्चितकालका लागि नगरपालिका सिल गरिएको छ । संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ ?
कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कहाँ पुग्यो ?
कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काममा हामी करीव करीव अन्तिम चरणमा पुगिसकेका छौ ।
कोरोना संक्रमित युवाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ ?
उहाँलाई थप उपचारका लागि पठाउँदा भौतिक रुपमा भेटघाट गरेको हो । यहाँबाट विराटनगर पठाउँदासम्म उहाँमा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएको छैन । उहाँ निरोगी हुनुहुन्छ, स्वस्थ्य हुनुहुन्छ ।
आजै पनि उहाँसँग मेरो टेलिफोनबाट कुरा भएको थियो । उहाँ चाँहि के कुरामा त्रसित हुनु भएको छ भने, “म, हरेक हिसाबले ठिक छु । मलाई त्यस्तो केही पनि समस्या छैन, कुनै पनि संक्रमण देखा परेको छैन । बरु यहाँ आइसकेपछि मलाई शंका हुन थाल्यो किनभने अरु संक्रमित विरामीहरु यहि भएकाले सँगै बस्नुपर्ने, सँगै खानुपर्ने, एउटै शौचालय, धारा प्रयोग गर्नुपर्ने भएकाले त्यहाँ चाँहि बरु शंका भयो भन्ने कुरा छ उहाँको ।”
नगरपालिका सिल गरिएको छ । यसले के फाईदा ग¥र्यो ?
नगरपालिका सिल गरिसकेपछि अहिले आवतजावत ठप्प गरेका छौ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एक संक्रमित ब्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सर्ने भएको हुँदाखेरी सामाजिक, धार्मिक र विभिन्न काममा भेला, जम्मा हुँदा अलिक सक्रिय हुने र एकबाट अर्कोमा सर्ने भएकाले हामीले अहिले सामाजिक, धार्मिक र सवैखाले भेटघाटलाई बन्द गरेका छौ । त्यसो हुँदा रोगको संक्रमण फैलिन क्रम न्यून हुन्छ भन्ने हामीले आशा गरेका छौ ।२०७७ जेठ ९ गते दिउँसो १ :०५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology