Samayojan khabar

Advertisment

SKIP THIS

नेविसंघ खोटाङका अध्यक्षको प्रश्न : माननीयको लोगोसँग कोरोना डराउँछ ?

नेविसंघ खोटाङका अध्यक्षको प्रश्न : माननीयको लोगोसँग कोरोना डराउँछ ?




राजकुमार बस्नेत खोटाङ, खोटाङबाट निर्वाचित जनप्रतिनिधि माननीय बिशाल भट्टराईको उपस्तिथिती जिल्लामा सधैं र जस्तोसुकै अवस्थामा पनि हुनसक्नु पर्दछ । खोटाङवासीका लागि उहाँ अभिभावक हो । र, अभिभावकीय अपेक्षा हाम्रो हक–अधिकारको कुरा पनि हो ।
आज (कोभिड–१९) सरुवा भाइरसले दुनियाँ आक्रान्त छ । रोग संक्रमणको खतराका कारण संसार घरभित्र थुनिएको छ । त्यसैले, एक ठाउँबाट अर्को ठाउँ जानु बर्जित छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले खोटाङका लागि (कोभिड–१९) को संक्रमण चेकजाँच गर्न आवश्यक पर्ने केही मात्रामा स्वास्थ्य सामग्री पठाएको र आइपुगेको भन्ने छ । यस शन्दर्भमा सम्बन्धित मन्त्रालयलाई हार्दिक धन्यवाद तथा स्वास्थ्य सामग्रीको स्वागत गर्दछु ।
स्वास्थ्य सामाग्रीहरुको भेदभाव रहित ढंगले सबै क्षेत्रमा पु¥याइने र सदुपयोग हुनेछ भन्ने कुरामा विश्वास लिएको छु । यसले महामारी नियन्त्रण र ब्यबस्थापनमा सहयोग पुग्नेनै छ । यस कदमका लागि माननीय भट्टराईको तर्फबाट भएको जेजति पहल हो त्यसका लागि धन्यवाद नभनी रहनु उहाँ माथी अन्याय हुनेछ ।
तथापी, केही शन्दर्भहरु गम्भीर र पेचिला भने छन् । जसलाई नजरअन्दाज गर्न सकिदैन । केही समय अगाडी खोटाङ कै हलेसी तुवाचुङ नगरपालिकाले ’होम क्वारेन्टाइन’ मा बस्ने सर्तसहित अप्ठ्यारोमा परेका आफ्ना नागरिकको उद्वार गर्दा महामारी फैलन्छ भनेर बलबुताले भ्याएसम्म अनर्गल कुप्रचार र बिरोध गर्ने साथीहरूलाई केहि प्रश्नहरु राख्नु मनासिब ठानेको छु ।
यो, खोटाङका नागरिकहरुका मनमा उठेका केही सवालहरुलाई उठान गर्ने जमर्को हो ।
माननीय ज्यूसँग थप अरु व्यक्तिहरुको पनि आगमन भएको कुरा थाहा हुन आएको छ । के यसरी जथाभावी गर्न मिल्ने समय हो यो ? बिना तयारी जतिसुकैको भिड भित्रीन पाँउने माननीय ज्यूले मात्रै कि सर्वसाधारणले पनि हो ?
के सर्वसाधारण बाहेक पहुँचवालासँग भाइरसको संक्रमण जोखिम खोटाङ आउँदैन ? के माननीयको लोगोसँग र वरिपरी बस्नेसँग कोरोना भाइरस डराउँछ ? माननीय ज्यू भन्नेबित्तिकै जो कोहि उहाँसँग आउन पाउँछ ? एक जिल्लाबाट अर्को जिल्लाका लागि गृह मन्त्रालयले पास रद्द र नदिने गरेको अवस्थामा उहाँ बाहेक अरु लावालस्करलाई कसरी पास प्राप्त भयो ? फेरि अत्यावश्यक खाद्य, औषधि र एम्बुलेन्स बाहेकका सवारी साधन र ब्यक्तिहरुलाई खोटाङ प्रवेशद्वार मै रोक र उक्त स्थानीय तह सिल भएकोमा उल्लंघन गर्ने अधिकार कसरी प्राप्त भयो ? कुनै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकलाई बन्दाबन्दीको खुलेआम उल्लंघन गरि खुला आवतजावत कसरी छुट छ ? के माननीयले जतिसुकै आसेपासे बोक्न मिल्ने निर्देशिका बनेको छ ? अन्य नागरिक बाहिरी जिल्लाबाट गृहजिल्ला प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने परिस्थितिमा के माननीय र वहाँसँग सवार ब्यक्ति बस्नुपर्दैन ? वहाँहरुलाई संक्रमण नहुने ग्यारेन्टी के छ ? अनि यदि वहाँहरुलाई संक्रमण रहेछ र तीनै सामाग्री मार्फत तथा अन्य ब्यक्तिहरुसँगको उठबसबाट खोटाङमा संक्रमण फैलियो भने त्यसको जिम्मेवार को हुने? अवस्था के हुन्छ ?

खाली पेट र ब्यथाकोबीच बन्दाबन्दीको सामना गरिरहेका नागरिक जसलाई नगरपालिकाले उद्वार ग¥यो वहाँहरुले चाहिँ मानौ भाइरसको बीउ नै रोपेझैं गाली र अपमान खेप्नुपर्ने ? के खोटाङका नागरिकलाई हाम्रो तर्फबाट प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराई नै भएको कुरा थाहा छैन र ? अनि औषधि बोक्ने गाडी र चालकले मात्रै यी सामग्री खोटाङ अस्पतालमा ल्याइपु¥याउन सक्नुहुन्न थियो ? फेरि रेडिमेट उत्तर आउला संघीय सांसदहरु सबैको केही दिन अघि गरिएको परिक्षणमा नेगेटिभ आएको थियो, अनि त्यसपछिका तथा कथित धपेडी र संसर्गहरुबाट संक्रमण सरेको भए के हुन्छ ? यस्तो विषम परिस्थितिमा पनि सार्वजनिक खपतको लागि बोल्न, समाचार बनाउन र तस्बिर लिनै पर्ने ? माननीयज्यूले काठमाडौं मै बसेर बन्दाबन्दीको पालना गर्दै यी सामाग्रीहरु पठाएँ भन्नु भएको भए हामी लगायत सिंगो खोटाङले तपाईंलाई महिमा मण्डित गर्ने थियो ।

आदरणीय जनहरु के तपाईंहरुको हिम्मत छ यी उठान गरिएका सवालहरु सहने? मनन गर्ने, र उत्तर दिने? अनि आँट छ माननीयज्यूले गल्ती गर्नुभयो भन्न ? यो तपाईंहरुले गरेझैं बिरोधको लागि मात्र बिरोध होइन । यो कुण्ठा पनि होइन, यो त तथ्यमा रहेर आम नागरिकको हितमा उठाइएको सवाल हो । कसैले पनि राजनैतिक पुर्वाग्रह कतै नसाधौं, जोडदार आग्रह र बिश्वास राख्दछु, काठमाडौंबाट आउनुभएका माननीय र सँगै आउनुभएका ब्यक्तिहरुलाई सम्मानका साथ अनिवार्य क्वारेन्टाइनमा राखौं र आज जिल्ला अस्पताल, खोटाङलाई प्राप्त भएका स्वास्थ्य सामग्रीबाट पहिले वहाँहरुकै स्वाव निकालेर टेष्ट गर्न पठाऔँ ।
हामी हाम्रो माननीयले कर्म गर्दा सत्कर्म, समय एवं परिस्थितिको ख्याल गरि विवेकको उच्चतम प्रयोग गरेको हेर्न चाहन्छौँ ।
लेखक नेपाल विधार्थी संघ खोटाङका सभापति हुन् । २०७७ जेठ ८ गते अपरान्ह ४ :४८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology