समायोजन खबर खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले भारतको उडिसा, वेष्टबंगाल लगायतका क्षेत्रमा चलिरहेको अंपुन चक्रवातको अशरले नेपालमा प्राकृतिक विपत्ती निम्तिने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
बंगालको खाडीबाट बिकसित भएपछि भारतको पश्चिम बंगाल–बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको चक्रवातको अशरले नेपालमा हावाहुरी, चट्याङ, असिनापानी पर्न सक्ने सम्भावना देखिएकाले सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बुधबार सूचना जारी गर्दै सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो ।
चक्रवातको अप्रत्यक्ष प्रभावका कारण बुधबार देशभर सामान्य बदली रही पुर्वी भु–भागका धेरैजसो स्थानमा मौसम बदलीसँगै मेघगर्जन, चट्याङ र हावाहुरी सहितको वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । बंगालको खाडीबाट विकसित भएको अंपुन चक्रवात हाल थप शक्तीशाली बनेर भारतको पश्चिम बंगाल–बंगलादेशको तटीय क्षेत्रतर्फ बढिरहेको छ । नेपालमा अंपुनको प्रत्यक्ष प्रभाव नहुने भए पनि अप्रत्यक्ष प्रभावबाट पुर्वी तथा मध्य क्षेत्रको मौसम तीन/चार दिन प्रभावित हुने देखिएको मौसमविदले बताएका छन् । २०७७ जेठ ७ गते साँझ ७ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology