• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भए

मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भए


समायोजन खबर
  • आइतबार, जेष्ठ ४ २०७७

  • फायल तस्विर

    समायोजन खबर काठमाण्डौं, मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भएका छन् । मलेसियामा अहिलेसम्म ५५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १३ जना निको भएर काममा फिरेका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४२ जना पनि निको हुने चरणमा रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।

    यस्तै दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै कन्सुलर सेवा बन्द गरेको भए पनि अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ । पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको हो ।

    यस्तै मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फर्कन इच्छा देखाएका र बाँकीले आफ्नो अवस्थासहितको विवरण टिपाएका राजदूत पाण्डेले बताउनुभयो ।२०७७ जेठ ४ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology