• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा विद्युतीकरणका लागि कस्सिए स्थानीय

खोटाङमा विद्युतीकरणका लागि कस्सिए स्थानीय


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा विद्युतीकरणका लागि टोल–टोलमा जिम्मेवारी बाँडफाँड गरिएको छ । छिमेकी वडा बडहरे र दुर्छिममा केन्द्रिय प्रशारणलाईन विस्तार भइसकेको अवस्थामा च्यास्मीटारमा विद्युत विस्तारका लागि टोल–टोलमा उपसमिति गठनका लागि जिम्मेवारी बाँडफाँड गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको आव्हानमा बिहिबार च्यास्मीटारमा भएको बैठकले साविकको ९ वडामा विद्युत विस्तार उप समिति गठनका लागि प्रतिवडा एक/एक जनालाई जिम्मेवारी तोकिएको छ ।
    बैठकले विद्युत विस्तारका लागि विद्युत विस्तार मूल समिति तथा वडाध्यक्षको सहजीकरणमा नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी तत्काल लागत स्टीमेट तयार पार्ने काम पूरा गर्ने निर्णय गरेको छ ।

    कतिपय टोलको लागत स्टीमेट तयार भइसकेकाले लागत स्टीमेट तयार नभएका टोलको तत्काल लागत स्टीमेट तयार पार्ने निर्णय गरिएको उपमेयर राईले बताईन् । स्थानीय तह कार्यान्वयनमा आएको वर्षबाटै उज्यालो वडा घोषणा गर्ने अभियान थालेको नगरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा विद्युत बिस्तार गर्न बाँकी छ । च्यास्मीटारका प्रमुख क्षेत्रमा पोल राख्ने र तार टाँग्ने काम समेत भइरहेको छ । २०७७ जेठ २ गते दिउँसो १ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology