• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा १ सय ९ पुग्यो कोरोना सङ्क्रमित

नेपालमा १ सय ९ पुग्यो कोरोना सङ्क्रमित


समायोजन खबर
  • शनिबार, बैशाख २७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणमा उदयपुरको भुल्केका तीन, कपिलवस्तुको कपिलवस्तुको मायादेवी नगरपालिकाका तीन र पर्साका एक जना गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो पनि,उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण

    मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना युवक तथा पर्साको छपकैयाका ६२ वर्षका पुरुष गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

    उनीहरु सबैको अवस्था अहिले सामान्य भएको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि मन्त्रालयले जनाएको छ ।२०७७ बैशाख २७ गते बिहान ९ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology