समायोजन खबर काठमाण्डौ, विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।
जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।
कोरोनाका कारण अहिलेसम्म २ लाख ७५ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न देशमा गरि साढे ५ हजार ५ सय ३४ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमित र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।
अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।२०७७ बैशाख २७ गते बिहान ७ :५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology