• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाको कारण दुबईमा एक नेपालीको मृत्यु

कोरोनाको कारण दुबईमा एक नेपालीको मृत्यु


समायोजन खबर
  • मंगलबार, बैशाख २३ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर यूएई,  दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको उहाँ कार्यरत कम्पनीले जनाएको छ । उहाँ वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो ।

    स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो । धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ ।

    उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।

    योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यसअघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्यान गएको थियो ।२०७७ बैशाख २३ गते साँझ ५ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology