• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वास्तविक पिडितले राहत पाएन भने विद्रोह हुनसक्छ

वास्तविक पिडितले राहत पाएन भने विद्रोह हुनसक्छ


समायोजन खबर
  • मंगलबार, बैशाख २३ २०७७

  • दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनको आज ४३ औं दिन हो । आजका दिनसम्म आइपुग्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले के, के ग¥र्यो त ।समायोजन खबर डटकमले कोरोना भाइरस र गाउँपालिकाले गरेको गतिविधिका बारेमा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईसँग गरेको कुराकानीको संम्पादित अंश ।
    अहिलेसम्म कतीजनालाई राहत दिनुभयो ।
    हामीले गाउँपालिकाभरी ६ सय परिवारलाई र लकडाउनले जिल्ला बाहिर थुनिएकै स्थानमा पुगेर ७५० जनालाई राहत वितरण गरेका छौ । जसमा काठमाण्डौमा ६ सय जना र सुनसरी र मोरङमा १५० जनालाई राहत वितरण गरेका छौ ।
    रातह वितरणका मापदण्ड के थिए ।
    राहत वितरणको स्थानीय मापदण्ड पास गरेका छौ । त्यो मापदण्डमा दलित, अल्पसंख्यक, पूर्ण अपांग, असंगठित श्रमिक (योजनाहरुमा काम गरिरहेको तर, रोकिएर बसेको) सुकुम्बासीलाई राहत वितरण गरेका छौ । र, हाम्रो गाउँपालिकाका नागरिकहरु जो जिल्ला बाहिर गएर लकडाउनले रोकिएका जस्तै, असंगठित श्रमिक, विधार्थी, उपचारको क्रममा पुगेका तर बिचल्ली भएर बसेकाहरुलाई राहत दिने मापदण्ड बनाएका थियौ । लकडाउनमा गाउँपालिका भित्र्याउनुभन्दा बाहिरी जिल्लामै उहाँहरु बसेकै स्थानमा राहत दिने भनेर निर्णय गरेका थियौ । त्यहि अनुसार काठमाण्डौ, सुनसरी, मोरङमा राहत दिएका हौ ।
    राहत वितरणमा अहिलेसम्म कती खर्च भयो ।
    हाम्रो गाउँपालिकाले राहत वितरणमा १८ लाख खर्च गरेको छ ।

    वास्तविक पिडितले राहत पाए कि नजिककाले पाए ।
    राहत त वास्तविक पिडितले पाउने हो नि ? राहत चाँहि वास्तविक पिडितले पाएन भने त्यो त अत्यन्तै ठूलो अन्याय हुन्छ । स्थानीय सरकार भनेको जनताको सवैभन्दा नजिकको सरकार हो । यो चाँहि जनताको निगरानीका, जनताको सुरक्षामा बाँच्नुपर्ने सरकार हो, जनताको सहयोगबाट यो सरकार सञ्चालन गर्नुपर्छ । त्यसकारण वास्तविक पिडितले राहत पाएनन् भने विद्रोह हुनसक्छ । त्यस कारणले हामीले वास्तविक पिडितलाई, समस्यामा परेका नागरिकहरुलाई राहत दिएका छौ ।

    अझै योजना छ राहत वितरण गर्ने ।
    लकडाउनको अवधि कति लम्बिन्छ भन्ने कुराले राहत वितरणको निर्धारण गर्छ । र, जो चाँहि पिडित हुनुहुन्छ, समस्यामा हुनुहुन्छ हामी राहत दिन्छौ ।
    कतीजना क्वारेन्टाइन, कतीजना होम क्वारेन्टाइनमा राख्नु भएको छ ।
    हाम्रो गाउँपालिकामा ८६ जनालाई क्वारेन्टाइनमा राखेका छौ । ५ जनालाई होम क्वारेन्टाइनमा व्यवस्थापन गरेका छौ ।
    क्वारेन्टाइनमा बस्नेहरुको खानपिन र स्वास्थ्य परिक्षणको व्यवस्था कस्तो छ ।
    क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई हामीले खाना र खाजाको व्यवस्थापन गरेका छौ । सुत्ने व्यवस्थापन त गर्नैप¥र्यो क्वारेन्टाइनमा राखिसके पश्चात । बिहान एक पटक चिया र खाजा खानुहुन्छ, दिउँसो खाना खानुहुन्छ, बेलुका चिया नास्ता गर्नुहुन्छ र बेलुका खाना खानुहुन्छ उहाँहरु । यो सम्पूर्ण व्यवस्थापन गाउँपालिकाको हो ।

    कोरोनासँग जुधिरेहेको सुरक्षाकर्मी/स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गुर्नभएको छ कि छैन ।
    प्रोत्साहन भत्ता व्यवस्था गर्नेमा यो सवैभन्दा पहिलो गाउँपालिका हो । हामीले हेल्थ डेस्क र क्वारेन्टाइनमा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई दिनको ५ सय तोकेका छौ । बाँकी संघीय सरकारले उपलब्ध गराउनु भनेको पनि हामी उपलब्ध गराउछौ ।
    तपाईको स्थानीय तहमा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ।
    खाद्यान्न आपूर्तिको व्यवस्थापन चाँहि अत्यन्तै कठिन छ । पालिका भित्रने नाका फोक्सिङटारमा रहेको बेलिब्रिच निकाल्ने बेला भइसकेको अवस्था छ । तथापि पनि गाउँपालिकाले ढुवानी गरेर राहत वितरण गरेका छौ । अब बर्खाको सिजन सुरु हुन लागेकाले गाउँपालिकाभरी ३ हजार ७ सय ५२ घरधुरी छौ हामी । ति सबै घरलाई ५० केजीको दरले ढुवानी भाडा गाउँपालिकाले ब्यहोर्दैछ । सबैलाई ढुवानी गरिदिन सातै वडालाई हामीले जिम्मा लगाएका छौ ।
    अहिलेसम्म लकडाउनको अवस्था कस्तो रह्यो ।
    लकडाउन हामीले पूर्णरुपमा पालना गरेका छौ । अन्य पालिका, नगरपालिका अथवा स्थानीय सरकारको बारेमा म, बोल्न चाहान्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मात्रै होला जिल्ला बाहिर लकडाउनले थुनिएर बिचल्ली भएका नागरिकहरुलाई जहाँ जहाँ बस्नु भएको छ र अभाव छ भने भन्नुस गाउँपालिकाले तपाईको कोठामा चुल्हो ननिभ्ने काम गछौ भनेका थियौ । साही अनुसार हामीले हाम्रो नागरिकहरु बसेकै कोठा कोठामा पुगेर राहत दियौ, गाउँपालिका ल्याएनौ । त्यसै कारणले लकडाउनको पूर्णरुपमा पालना गरेका छौ ।२०७७ बैशाख २३ गते अपरान्ह ४ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology