समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्षको पूर्णीमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको हो । 
शनिबार बसेको लाफेहँछा सेवा समाजको बैठकले साकेला पुज्नेक्रममा अनिवार्य उपस्थित हुनुपर्ने धामी, सिलिमपा, सिलीममा, मुल ढोले तथा उनीहरुका एक/एक जना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरेको हो ।
लकडाउनलाई सम्मान गर्दै थोरै उपस्थितिमा साकेला मनाउने निर्णय गरिएको लाफेहँछा सेवा समाजका सदस्य राजेन्द्र राईले बताए । बैठकले लकडाउनका कारण यसपल्टको लफ्याङको साकेलामा नआउनका लागि आफन्त तथा पाहुनापाछालाइ आग्रह गर्ने निर्णय गरेको छ ।२०७७ बैशाख २० गते साँझ ७ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology