• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कहर यूके : १२ खोटाङ्गे संक्रमित, एक युवतीको मृत्यु

कोरोना कहर यूके : १२ खोटाङ्गे संक्रमित, एक युवतीको मृत्यु


समायोजन खबर
  • शुक्रबार, बैशाख १२ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो । मिर्गौला सम्वन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पूष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ ।

    हालसम्म अविवाहित राईको मंगलबार बिहान मृत्यु भएको समाजसेबी एबं ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम सारुले बताए । उनी पुर्व गोर्खा सैनिक बाबुसँगै गत वर्ष बेलायत पुगेकी थिईन् ।

    बेलायतमा बसिरहेका १२ जना खोटाङ्गेलाई कोरोना संक्रमण भएको खोटाङ सेवा समाज यूकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा १ जना, बेजिङस्टकमा ६ जना, आशफोर्डमा ३ जना, क्याट्रिकमा १ जना र ओकिङमा १ जना खोटाङ्गे संक्रमित भएको उल्लेख छ ।२०७७ बैशाख १२ गते साँझ ७ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology