• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने, सतर्क रहन आग्रह

चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने, सतर्क रहन आग्रह


समायोजन खबर
  • शुक्रबार, बैशाख १२ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै, आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

    उनका अनुसार आज मध्य र पूर्वी क्षेत्रको मौसम खुल्ने सम्भावना छैन । अरु ठाउँको मौसम बिहान खुले पनि दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने  अनुमान छ । आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ ।

    यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेकाले  सतर्क अपनाउन मौसमविद् कँडेलले आग्रह गरेकी छन् । आजको भन्दा शनिबार कम हावाहुरी चले पनि आइतबारसम्म नै देशका धेरै ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना छ ।२०७७ बैशाख १२ गते बिहान ९ :५५ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology