• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना


समायोजन खबर
  • बिहिबार, बैशाख ११ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै, आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

    उनका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । यस्तै शुक्रबार पश्चिम तथा मध्य र पूर्वका केही ठाउँमा पानी पर्नेछ । शनिबार भने अलि थोरै पानी पर्ने उहाँको अनुमान छ ।

    प्रिमनसुन चलिरहेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्नु स्वभाविक भएको मौसमविद् अर्यालको भनाइ छ ।२०७७ बैशाख ११ गते बिहान ९ : ४२ मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology