समायोजन खबर काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् ।
यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या सात लाख ८६ हजार तीन सय ३८ पुगेको छ । न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ ।
इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ । त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । २०७७ बैशाख ९ गते बिहान ११ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology