समायोजन खबर काठमाडौं, अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । अन्य स्थानको तुलनामा प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बर्षा बढी भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद मन्जु बासीले ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएकाले सतर्कता अपनाउनु पर्ने बताइन् ।
पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ । पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।२०७७ बैशाख ९ गते बिहान ७ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology