• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन दिन अझै प्रिमनसुनी गतिविधि सक्रिय,चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

तीन दिन अझै प्रिमनसुनी गतिविधि सक्रिय,चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना


समायोजन खबर
  • सोमबार, बैशाख ८ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ, केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो ।

    प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्न थालेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

    मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै तीन दिन प्रिमनसुनी गतिविधि सक्रिय नै रहने देखिएको छ । यसकै प्रभावले अबको तीन दिन देशका केही ठाउँमा मेघगर्जन हुरीबतास र असिनासहित पानी पर्ने उनले बताए ।  यस्तै प्रिमनसुनमा नजिकै कतै पानी पर्दा नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उनले बताए ।

    सोमबार देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ दिउँसोपछि पहाडी क्षेत्रका धेरै ठाउँमा चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।२०७७ बैशाख ८ गते बिहान ८ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology