• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शहरमा बसेका १० जनालाई गाउँपालिकाले दियो राहत

शहरमा बसेका १० जनालाई गाउँपालिकाले दियो राहत


समायोजन खबर
  • आइतबार, बैशाख ७ २०७७

  • फायल फोटो ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लाबाहिर रहेका आफ्ना नागरिकलाई राहत उपलब्ध गराउन सुरु गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनले घरसम्म आउन नपाएका दैनिक ज्यालादारी गर्ने मजदुर र विधार्थीहरुलाई डेरासम्म पुगेर राहत उपलब्ध गराउन सुरु गरेकोे हो ।

    जिल्ला बाहिर गई दैनिक रुपमा ज्यालादारी गरी जीवनयापन गर्दै आएका मजदुर र विधार्थीलाई शनिबारदेखी राहत दिन थालेको गाउँपालिकाले आइतबारसम्म १० जनालाई राहत दिएको छ । काठमाण्डौको विभिन्न स्थानमा बस्ने याम्खाका कृष्ण राई, चङ्गा राई, बिरेन्द्र राई, छोरम्बुका खगेन्द्र राई, सछितापोखरीका मोहन खड्का, निरा खड्का र टेम्माकी प्रिति मगरलाई आइतबार राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।

    यस्तै, हिजो काठमाण्डौको विभिन्न स्थानमा बस्ने सछितापोखरीका रुपक विक, ललित बिक र ईन्द्र विक राहत उपलब्ध गराईएको थियो । गाउँपालिकाको कर्मचारी र जिल्ला बाहिर घर भएका आफ्ना नागरिक वाहेक भाडामा बस्नेलाई प्रतिव्यक्ति ५ केजी चामल र दाल डेरासम्म लगेर दिएको हो । त्यस्ता नागरिकहरुले गाउँपालिकाले तोकेको फोकल पर्सनसँग सम्पर्क गर्नुपर्नेछ । शरहमा भएका आफ्ना नागरिकलाई राहत उपलब्ध गराउनका लागि गाउँपालिकाका कर्मचारी सञ्जिप आचार्य (९८२५७७४७७४/९८४२८७७४३७), ओमसरा राई (९८६२८१४००९) र सुनिता राई (९८२५७९५०५३) लाई सम्पर्क गरेर आफ्नो विवरण उपलब्ध गराउन यसअघि आग्रह गरिसकेको छ । विवरण उपलब्ध भएका नागरिकले लोकेसन शेयर गरेपछि बसेको स्थानमा राहत सामाग्री उपलब्ध गराइनेछ ।

    यसअघि गाउँपालिकाले याम्खाका ७७, डाँडागाउँका १०४, छोरम्बुका ८५, बतासेका १४९, सछितापोखरीका ६७, छितापोखरीका ३९ र टेम्माका ७९ परिवारलाई विपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल, १ केजी नुन, १ प्याकेट खाने तेल, २ केजी दाल र तरकारी राहत वितरण गरेकोे थियो ।
    यो पनि पढ्नुहोस, जहाँ हुनुहुन्छ, त्यहीं बस्नुसः ‘खाद्यान्न त्यही ल्याउछौ’

    २०७७ बैशाख ७ गते दिउँसो २ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology