• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जहाँ हुनुहुन्छ, त्यहीं बस्नुसः ‘खाद्यान्न त्यही ल्याउछौ’

जहाँ हुनुहुन्छ, त्यहीं बस्नुसः ‘खाद्यान्न त्यही ल्याउछौ’


समायोजन खबर
  • शुक्रबार, बैशाख ५ २०७७

  • दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, कोरोना भाइरस कोभिड–१९ ले विश्वभर महामारीको रुप लिइरहेकोे छ । विश्वभर झण्डै आधा तिहाई मानिस लकडाउनमा छन् । तत्कालका लागि कोरोना भाइरसको औषधि संम्भवत ‘लकडाउन’ नै मानिएको छ । लकडाउनमा एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न पाइन्दैन ।
    नेपाल पनि ११ चैत्रबाट लकडाउनमा छ । लकडाउन १५ बैशाखसम्म जारी गरिएको छ । लकडाउनले जो कोहीको दैनिक जीवन गुजारामा कही न कहीबाट प्रभाव पारेको छ । लकडाउनको २४ औं दिन (४ बैशाख) आइपुग्दा भने गाउँपालिकाका नागरिकहरु जिल्ला भन्दा बाहिर गई दैनिक रुपमा ज्यालादारी गरी जीवनयापन गर्दै आएका श्रमिक एवंम् आफ्नो योग्यता र क्षमता विकासका लागि अध्ययनरत (विधार्थी) गाउँपालिकाका नागरिकलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने नागरिकहरु बसेको स्थान (डेरा)सम्म पुगेर राहत वितरण गर्ने निर्णय गरेको छ ।

    ज्यालादारी गरी छाक टार्ने श्रमिक र विद्यार्थीहरु जहाँ जहाँ रहेका छन् । लकडाउनले जीवनयापन गर्न नसकी मर्कामा परेको हुनाले उनीहरुको लागि राहत प्याकेजको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महसुश गरी तत्काल राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ । यतिबेला दैनिक ज्यालादारी गर्ने र पढ्न गएका विधार्थीहरु कोरोनाको त्रासभन्दा नि खान नपाइ मरिने हो कि भन्नेमा छन् । उनीहरुका लागि घरका परिवारले पैसा पठाउन सक्ने स्थिती छैन लकडाउनले ।

    लकडाउनले सम्पूर्ण काम, सवारी साधन, रेमिट्यान्स कारोबार गर्ने निकाय लगायत ठप्प छ । विधार्थीहरु जहाँ पढ्न पुगेका थिए त्यही अड्किएका छन् । त्यसरी अड्केका विधार्थी र दैनिकी ज्यालादारी गर्नेहरुलाई गाउँपालिकाले बसेको स्थानमै राहत उपलब्ध गराउन जनशक्ति परिचालन गरिसकेको छ । त्यसरी बसेका गाउँपालिकाका नागरिकहरुको गाउँपालिकाको कर्मचारी तथा अभियानका फोल पर्सन सञ्जिप आचार्य (९८२५७७४७७४/९८४२८७७४३७), ओमसरा राई (९८६२८१४००९) र सुनिता राई (९८२५७९५०५३) लाई सम्पर्क गरेर आफ्नो विवरण उपलब्ध गराउन एक सूचना जारी गर्दै गाउँपालिकाले आग्रह गरेको छ । विवरण उपलब्ध भएका नागरिकले लोकेसन शेयर गरेपछि बसेको स्थानमा राहत सामाग्री उपलब्ध गराइने जनाएको छ ।

    गाउँपालिकाको कोरोना भाइरस रोकथाम कार्य दलले जिल्लाभन्दा बाहिर पढ्न गएका विधार्थी, कोरियान भाषा सिक्न गएका, विदेश उड्न गएका, श्रम सम्झौता गर्न गएका नागरिकलाई बसेको स्थानमै राहत उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाको कर्मचारी र जिल्ला बाहिर घर भएका आफ्ना नागरिक वाहेक भाडामा बस्नेलाई राहत दिन्छौ । उतै घरघरमा राहत पु¥याउछौ भन्ने हो । गाउँपालिका अध्यक्ष राईले भने, ‘जहाँ हुनुहुन्छ त्यही बस्नुहोस, फोकल पर्सनसँग सम्पर्क गनुहोस त्यही हामी राहत उपलब्ध गराइदिन्छौ ।’
    त्यहाँ खान नपाएर यता, चामलको बोरामा लुकेर मान्छे गाउँपालिका आएको भेटिन्छ । किन आएको हो त खाना नपाएर आएको होनि त । उहाँहरु कोठामा बस्दा सुरक्षित त भयो, लगेको सिमिति खर्च सकिसक्यो, यहाँबाट पैसा पठाउने अवस्था छैन । अध्यक्ष राई थप्छन्, ‘उतातिरको स्थानीय सरकारले चाँहि भोटलिस्ट, मतदाता नामावली र नागरिकता हेरेर चामल दिइरहेका छन् । यहाँका नागरिकलाई कम दिइरहेका छन् । त्यसकारण हामी जिम्मेवार छौ । उतै बस्नुुहोस, फोकल पर्सनलाई विवरण दिनुहोस हामी राहत लिएर आउछौ ।’

    लकडाउन मारमा परेका आफ्ना नागरिकलाई राहत उपलब्ध गराउन खाद्य स्टोर र घरघरसम्म पुगेर राहत वितरणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्ई पासका लागि आग्रह गरिएको छ । यसले लकडाउनको राष्ट्रिय अभियानलाई सघाउन पुग्ने हुनाले प्रमुख जिल्ला अधिकारीको सहयोग अपेक्षा गरिएको छ । २०७७ बैशाख ५ गते बिहान १० :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology