समायोजन खबर खोटाङ, जिल्लामा तीन दिनको अवधिमा गोरु काटेको अभियोगमा आठ पक्राउ परेका छन् । गोरु काटेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुबाट देशबहादुर सार्की, हिरा सार्की, सुभाष कार्की, रबिन सार्की, अमृत सार्की, सिता कार्की र लिलाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार साँझ गोरुको मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए । ‘गोरु काट्दै गरेको जानकारीका आधारमा उनीहरुलाई मासु भाग लगाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो,’ डिएसपी गौतमले भने, ‘गौर मरेको हो वा मारिएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ बैसाख २ गते गोरु काटिरहेको अवस्थामा साकेला गाउँपालिका–३ खिखिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । २०७७ बैशाख ६ गते बिहान ११ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology