• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउन फोन गर्नुहोस्

कोरोना सङ्क्रमण भए/नभएको थाहा पाउन फोन गर्नुहोस्


समायोजन खबर
  • बुधबार, बैशाख ३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डाै, नेपाल टेलिकमले कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण भए/नभएको जानकारी दिन विशेष सेवा सुरु गरेको छ ।

    टेलिकमका प्रयोगकर्ताले *१४१९# डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । मङ्गलबारदेखि प्रयोगमा आएको यो सेवाले सङ्क्रमित पत्ता लगाउन सहयोग पुग्ने र सम्भावित सङ्क्रमितलाई सरकारीस्तरबाटै फोन गर्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

    *१४१९# डायल गरेमा ज्वरो आए/नआएको, खोकी लागेकाे/नलागेकाे, श्वास फेर्न गार्हो भए/नभएको, आफू या परिवारका सदस्य विदेशबाट आए/नआएको उत्तर दिनुपर्छ । हरेक प्रश्नको उत्तरमा १ र २ नम्बर थिच्ने विकल्प दिइएको छ ।

    यसरी आएका उत्तरलाई वर्गीकरण गरेर कोराेनाको सम्भावनाको शङ्का गरिएकाको नम्बर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पठाउने र उतैबाट ग्राहकलाई फोन आउने टेलिकमले जनाएको छ । २०७७ बैशाख ३ गते बिहान ८  : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology