समायोजन खबर खोटाङ, खोटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमानको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी ५० वर्षीया मेनुका राईले खुकुरी प्रहार गर्दा ५० वर्षकै छकुमार राईको मृत्यु भएको हो । श्रीमतीको खुकुरी प्रहारबाट राईको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईको शव जिल्ला अस्पताल गाईघाटमा परिक्षण गरेर आफन्तलाई जिम्मा दिइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुकालाई ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ परेका मेनुकालाई मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको छ । मानसिक असन्तुलनको समस्याबाट पिडित रहेकी मेनुकाले श्रीमानको टाउको, ढाड लगायतका विभिन्न ठाउँमा खुकुरी प्रहार गरेका थिए । २०७७ बैशाख २ गते अपरान्ह ४ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology