• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट एक लाख १९ हजारको मृत्यु

कोरोनाबाट एक लाख १९ हजारको मृत्यु


समायोजन खबर
  • मंगलबार, बैशाख २ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट पहिलो मृत्यु भएको छ । गभर्नर मार्क गार्डनले त्यसको पुष्टि गरेका छन् ।

    अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ
    । यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । २०७७ बैशाख २ गते बिहान १० :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology