• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लकडाउनले खत्रीको शव मलेसियामै अड्कियो

लकडाउनले खत्रीको शव मलेसियामै अड्कियो


समायोजन खबर
  • आइतबार, चैत्र ३० २०७६

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, ‘लकडाउन’का कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको शव मलेसियामै अड्किएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको छ ।

    जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भइरहेको उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिए । प्लान्टेसनको कामका लागि राज ओभरसिज प्रालि काठ्माण्डौंबाट तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको थियो ।

    पेतालिङ जया सेलाङगरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्नेक्रममा बाईक दुर्घटना हुँदा उनको मृत्यु भएको बताइएको छ । बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री नहरमा बाईकसँगै डुबिरहेको अवस्थामा फेला परेका थिए । कतारमा दुई वर्ष बिताएका खत्री पुःन मलेसिया पुगेका थिए । मृतक खत्रीका श्रीमति सहित पाँच छोरी र दुई छोरा छन् । २०७६ चैत्र ३० गते राती ८ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology