• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चट्याङ पर्दा एक पुरुष र महिलाको ज्यान गयो

चट्याङ पर्दा एक पुरुष र महिलाको ज्यान गयो


समायोजन खबर
  • आइतबार, चैत्र ३० २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ । शुक्रबार साँझ पानीसँगै परेको चट्याङले केपिलासगढी गाउँपालिका–१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला बिकको ज्यान गएको हो ।

    पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

    चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ । मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको प्रहरी निरिक्षक खेरवारले बताए ।२०७६ चैत ३० गते बिहान ९ :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology