• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाको महामारीबाट बच्ने एकमात्र उपाय ‘लकडाउन’ हो

कोरोनाको महामारीबाट बच्ने एकमात्र उपाय ‘लकडाउन’ हो


समायोजन खबर
  • शुक्रबार, चैत्र २८ २०७६

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल ।

    समायोजन खबर खोटाङ, कोरोना भाइरस (कोभिड–१९) को संम्भावित संक्रमण न्यूनीकरणका लागि सरकारले देश लकडाउन गरेको छ । लकडाउनको १८ औं दिन पुगेकोे छ । यसैको पेरीफेरीमा रहेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालसँग समायोजन खबर डटकमले कुराकानी गरेको छ ।
    तपाईको स्थानीय तहमा लकडाउनको अवस्था कस्तो छ ।
    लकडाउन (बन्दाबन्दी) बजारक्षेत्रमा पूर्णरुपमा सफल छ । ग्रामिण भेगमा विशेषगरी सामाजिक दुरी कायम गरेर गर्न मिलेसम्मका कामहरु भइरहेका छन् ।
    बाँकी लकडाउनलाई अझ प्रभावकारी बनाउन के गर्ने योजना छ ।
    हामीले सबैलाई अनुरोध गरेका छौ । यो चाँहि आफू बच्ने र अरुलाई बचाउने महान अभियान भएको हुनाले सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा परिपालन गर्नका लागि नागरिक सचेत पार्ने काम गरिरहेका छौ । र, सवै वडा, वडामा पुगेर माइकिङ गर्ने, लकडाउनलाई सफल बनाउनका लागि आव्हान गर्ने काम गरिरहेका छौ ।
    कतीजना क्वारेन्टाइन, कतीजना होम क्वारेन्टाइनमा राख्नु भएको छ ।
    १५ जना होम क्वारेन्टाइनमा हुनुहुन्छ ।
    क्वारेन्टाइनमा राख्नु भएको छैन ।
    हामीले माटिकोरेस्थित कर्भडहलमा बनाएको क्वारेन्टाइनमा कोही पनि हुनुहुन्न । होम क्वारेन्टाइमा मात्रै हुनुहुन्छ ।स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)पाएका छन कि छैन ।
    अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा सामग्रीहरु सवै स्वास्थ्य संस्थामा उपलब्ध गराएका छौ ।
    तपाईको स्थानीय तहमा आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ।
    आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि विशेषगरी जिल्ला प्रशासन, सुरक्षा निकायसँग मिलेर खाद्यान्न सामग्रीहरु ल्याउने गाडीहरुलाई निर्वाध रुपमा आवतजावत गर्न दिएको अवस्था छ । वडा स्तरमा आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्नको लागि कालोबजारी लगायत रोक्नका लागि वडाध्यक्षको अध्यक्षतामा प्रहरीको समेत संलग्नतामा एउटा आपूर्ति व्यवस्थापन समिति गठन गरेका छौ । जसले आपूर्ति सम्बन्धिको सम्पूर्ण काम गरिरहेको छ ।
    लकडाउनले दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नेको गाँस गुमेको छ । उनीहरुलाई के व्यवस्था गर्नुभएको छ ।
    सायद हाम्रो नगरपालिका नै पहिलो नगरपालिका होला जसले दिनभरी काम गरेर बिहान, बेलुकाको छाक टार्ने, परिवार पाल्ने, ज्याला मजदुरी गर्ने मजदुरलाई लक्षित गरेर खाद्यान्न वितरण गरिरहेका छौ । यो काम १५ वटा वडामा जारी राखेका छौ ।

    एक स्थानीय तहबाट अर्को तह जानसमेत सरकारले रोक लगाएको अवस्था छ त्यसलाई कसरी हेर्नुभएको छ ?
    एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कुरामा पूर्ण रोक लगाएका छौ । तर, यो सदरमुकाम भएकाले अस्पताल यहि छ, बैंक यहि छ । अत्यावश्यक सेवा उपलब्ध गराउने कार्यालहरु यही छन् । त्यसले गर्दाखेरी बिरामी भएमा लिएर यही आउनुपर्र्छ, बैंकको कारोवार गर्न यही आउनुपर्ने हुन्छ । त्यसले गर्दा सदरमुकाममा अत्याश्वयक सेवा लिने मान्छेहरु अलिक आउने भएकाले एकाध मानिसहरुको आवतजावत भएको छ । अन्यथा एउटा पालिकाबाट अर्को पालिकामा कुनै पनि आवतजावत भएको छैन ।
    तपाईको चाँहि लकडाउन अनुभव कस्तो छ ?
    यो नगरपालिकामा लकडाउन पूर्णरुपमा पालना भएको छ । कोरोनाबाट बच्ने एकमात्र औषधि र उपाय भनेको घरमै बस्नुस, सुरक्षित बस्नुस, एकापसमा दुरी कायम गर्नुहोस, गाउँमा काम गर्दा पनि दुरी कायम गरेर गर्नुपर्छ भन्ने भावना विकास भएको छ, जनस्तरमा । त्यो चाँहि हामीले महत्वपूर्ण रुपमा लिएका छौ । र, अहिलेको यो महामारीबाट बच्ने एकमात्र उपाय भनेको लकडाउन (बन्दाबन्दी) नै हो भन्ने बुझाई छ । यहि बुझाई र अनुभवलाई अझ व्यवस्थित गर्दै लानुपर्छ ।२०७६ चैत २८ गते अपरान्ह ४ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology