समायोजन खबर खोटाङ,यतिबेला कोरोना भाइरस (कोभिड–१९)को संम्भावित संक्रमण रोक्नका लागि देश लकडाउन छ । अत्यावश्यक वाहेक सवै गतिविधि ठप्प छ । यो वेला सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्ने अवसर आएको छ ।
यस्तैमा, खोटाङका समाजसेबी जनकराज राईले चैत महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन् । हाल ललितपुरमा बस्दै आएका समाजसेवी राईले महालक्ष्मी नगरपालिका–८ लुभु र ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा रहेको दुई वटा घरमा बसिरहेका व्यक्तीलाई एक महिनाको भाडा छुट गर्ने घोषणा गरेका हुन् ।
‘लकडाउन’का कारण समस्यामा परेका भाडावाललाई समाजसेवी राईले भाडा छुट दिने घोषणा गरेका हुन् । कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तीलाई एक महिनाको भाडा मिनाहा गरिदिएको राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राईको अगुवाईमा २०७२ सालमा दुर्छिममा ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण गरिएको हो । करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने जनकराजको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो । भर्ना भएको ७ वर्षमै ब्रिटिस आर्मीबाट फर्काइएका राई हाल शहरमै बसे पनि समाजिक क्षेत्रमा क्रियासिल छन् । २०७६ चैत २३ गते साँझ ७ :२८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology