• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एक यूवा मृत फेला,नौ जना पक्राउ

खोटाङमा एक यूवा मृत फेला,नौ जना पक्राउ


समायोजन खबर
  • बिहिबार, चैत्र २० २०७६

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–८ दोर्पाचिउरीडाँडाका एक यूवा मृत फेला परेका छन् । १४ चैत साँझ घर नजिकैको एक पसलमा झगडा भएपछि झगडास्थलबाट हराएका २१ वर्षीय भाइके भनिने डिल्लीकुमार राई बुधबार मृत फेला परेका हुन् ।

    पसलमा झगडा भएपछि रिसको आवेगमा झगडास्थलबाट उनी हिडेपछि खोजीकार्य गर्नेक्रममा घर नजिकैको एक खोल्सीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए । हराएका भाइकेलाई झण्डै एक हप्तापछि बुधबार घाँसदाउरा काट्न गएका स्थानीयले मृत फेला पारेका खेरवारले जानकारी दिए ।
    पसलमा रहेका र झगडामा संलग्न नौ जनालाई बुधबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको खेरवारको भनाई छ । २०७६ चैत २० गते बिहान १०: १२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology