अनिश्चतकालका लागि हलेसीमा पुजाआजा बन्द

अनिश्चतकालका लागि हलेसीमा पुजाआजा बन्द




समायोजन खबर खोटाङ
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दैे त्रि–धार्मिकस्थल तथा पर्यटकीयस्थल हलेसी मन्दिरमा गरिने धार्मिक कार्यक्रम स्थगित गरिएको छ । ५ चैत्रमा सरकारले सूचना जारी गरि सभा, सम्मेलन, उत्सव नगर्न तथा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि दैनिकजसो भीडभाड हुने हलेसीमा अर्को सूचना नभएसम्मका लागि धार्मिक कार्यक्रम स्थगित गरिएको हो ।

मन्दिरमा रहेका शिवजी, पार्वती तथा बसाहगुफालगायतका ठाउँहरुमा भित्र गएर पूजाआजा गर्न नपाईने, तर दर्शनको लागि भने गुफामाथीबाटै पाईने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिए । त्रिधार्मिक संगमस्थल हलेसीमा हरेक साँझ गरिदै आइएको आरती पनि स्थगित गरिएको राईको भनाई छ ।

आगामी चैत २० गतेको रामनवमी मेला समेत बन्द गरिएको नगरप्रमुख राईले बताए । मन्दिरमा भीडभाड हुन नदिन प्रहरी परिचालन पनि गरिएको छ । नगरले मन्दिर नजिकै स्वास्थ्यकर्मी तथा प्रहरीसहितको हेल्थ डेक्स पनि संचालनमा ल्याएको छ ।
२०७६ चैत्र ७ गते राती ८ :२२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology