घरेलु रक्सी नष्ट गरेकोमा जनजातिको बिरोध

घरेलु रक्सी नष्ट गरेकोमा जनजातिको बिरोध




चिसाङ शेर्पा खोटाङ,
दिक्तेलबजार अनुगमनका क्रममा घरेलु मदिरा जफत गरेर नष्ट गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले विरोध जनाएको छ । सम्बन्धित निकायबाट बजार अनुगमनगरी जनजातिहरुको पिय पदार्थ नष्ट गरेकाले सिंगो आदिवासी जनाजातीहरुको संस्कार, संस्कृतीमाथि हमला गरेको भन्दै विरोध जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई शुक्रबार ज्ञापनपत्र बुझाउदै सरकारका संयन्त्रहरुले जनजातिहरुको जन्म, मृत्यु, शुभकार्य, चाडपर्व, उत्सव, संस्कार, संस्कृतीमा प्रयोग हुने पिय पदार्थ जाँड रक्सी नियन्त्रण गर्ने, जफत गर्ने, ब्यक्तिको नाम लिस्टिङ गर्ने, व्यक्तिगत मान सम्मानमा आँच आउने क्रियाकलाप गरेको र त्यसप्रति आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको गम्भिर ध्यानाकर्षण भएकोे जनाएको छ ।

घरेलु रक्सी परापूर्वककालदेखी उत्पादन र प्रयोग हुंदै आईरहेकाले कानुनी ढंगले प्रर्वद्धन गर्नुको सट्टा विदेशी रक्सीलाई प्राथमिकता दिने कार्यमा सरकारका संयन्त्रहरु उजागर देखिएको आदिवासी जनजातिहरुको भनाई छ । अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ विपरीत यस्ता कार्यहरु भईरहनुले सरकारका संयन्त्रहरु आदिवासी जनजातिहरुप्रति अनुदार भएको स्वत स्पष्ट देखिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राईले बताए । बजार अनुगमनका क्रममा आइन्दा यस्ता निन्दनीय कार्य दोहोरिएमा उत्पन्न हुने सम्पुर्ण घट्नाको जिम्मेवारी स्वयम सरकारका सम्बन्धित निकायहरु हुनुपर्ने अध्यक्ष राईले बताए ।

बजार अनुगमन समेत आग्रह/पूर्वाग्राह राखेर ठूला होटलहरुमा अनुगमन नगर्ने सानोमा मात्रै गर्ने गरेको उनीहरुको आरोप छ । गरीबीबाट गुज्रिएका कतीपयहरु घरायसी रक्सी विक्री गरेरै परिवार पाल्दै आउँदा उनीहरुको गाँस खोसिएको भुक्तभोगीहरु बताउँछन् । बिहीबार भएको बजार अनुगमनमा नीजि घरमा नभई होटलमा भएकोे मदिरा बरामद गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दावि गरे । आदिवासी जनजातिहरुको मुल्यमान्यतालाई कदर गर्ने कानुन आईदिए सबैलाई सहज हुने प्रजिअ पौडेलको भनाई छ । हिजो जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन गर्दा टोलीले अवैध रुपमा विक्रीमा राखिएको घरेलु मदिरा भेटिएको र त्यसबाट राजस्व चुहावट भएको भन्दै जफत गरेर ६० लिटर घरेलु मदिरा पोखाएर नष्ट गरेकोे थियो । २०७६ चैत्र ७ गते साँझ ५ : २० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology