• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा जुवातास खेलिरहेको अवस्थामा नौ जना प्रहरी नियन्त्रणमा

खोटाङमा जुवातास खेलिरहेको अवस्थामा नौ जना प्रहरी नियन्त्रणमा


समायोजन खबर
  • बिहिबार, चैत्र ६ २०७६

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा जुवातास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित  महालङगुर होटलमा जुवातास खेलिरहेको अवस्थामा बुधबार राती ९ वजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पैसाको हारजित हुनेगरी जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा जुवातास खेल्ने व्यक्तिलाई नियन्त्रण र उनीहरुको साथबाट ७४ हजार १ सय १० रुपैयाँ नगद जफत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

    व्यवसायिकरुपमै होटलमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय हलेसीको टोलीले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान भईरहेको प्रनाउ गौतमले बताए । नियन्त्रणमा लिएकाहरुको नाम भने प्रहरीले दिन मानेन् ।

    पक्राउ परेकाहरुलाई कानुन वमोजिम कारवाही हुने र अहिले पनि अनुसन्धानकै क्रम रहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । पक्राउ परेकाको नाम आफूसमक्ष प्राप्त नभएको प्रजिअ पौडेलको भनाई छ ।
    २०७६ चैत्र ६ गते मध्यान्ह १२ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology