• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट ६ हजार ६ सय बढीको मृत्यु

कोरोनाबाट ६ हजार ६ सय बढीको मृत्यु


समायोजन खबर
  • मंगलबार, चैत्र ४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर, विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण १५२ भन्दाबढी देशमा पुगेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् ।त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ हजार ६०६ पुगेको छ ।

    कूल मृत्यु भएको र संक्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् । रासस/एजेन्सी । २०७६ चैत्र ४ गते अपरान्ह ३ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology