समायोजन खबर काठमाडौं, त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डिस्चार्ज नहुने भएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राख्नु पर्ने जनाएको छ ।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेका भएपनि उनलाई अझै केही दिन अस्पताल राखिने बताइन् । उनले भनिन् ‘केही दिन अझै आरामको जरुरी छ, स्वास्थ्यमा सन्तोषजनक सुधार छ । छिटै डिस्चार्ज हुनुहुन्छ ।’ चिकित्सकले डिस्चार्ज कति दिनमा हुने भन्ने खुलाएको छैन ।
डा. सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने पनि बताउँदै प्रधानमन्त्रीले चाँडै डिस्चार्ज चाहेपनि परिवारले एकदुई दिन अस्पतालमै राखेर उपचार गर्न आग्रह गरेको बताएकी थिइन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन पूरा भएको छ । नउकोे गत फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन् ।२०७६ फागुन २७ गते साँझ ७ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology