• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बडहरेलाई उज्यालो वडा घोषणा

बडहरेलाई उज्यालो वडा घोषणा


समायोजन खबर
  • आइतबार, फाल्गुन २५ २०७६

  • बडहरेलाई उज्यालो वडा घोषणा गर्नुहुंदै नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई लगायत ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा केन्द्रीय प्रशारण लाईनको विजुली वत्ती बलेको छ । नगरपालिकाले उज्यालो वडा घोषणा कार्यक्रम तय गरेर विधुत विस्तारको काम सकिएपछि विजुली वत्ती बलेको हो । वत्ती बलेसँगै बडहरेलाई उज्यालो वडा घोषणा गरिएको छ ।

    नगरपालिका र नेपाल विधुत प्राधिकरणको आर्थिक/प्राविधिक सहयोगमा सम्पूर्ण काम सकिएपछि आईतबार बडहरेलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले विजुली वत्ती वालेर उज्यालो वडा घोषणा गरेका छन् । उज्यालो वडा भएपछि ३ सय ११ घरमा वत्तीको पहुँच पुगेको छ ।
    वर्षौदेखी अंध्यारोमा वस्दै आएका स्थानीयहरु विजुली वत्ती वलेपछि हर्षित भएका छन् । अब, कुटानीपिसानी, कम्प्युटर, टेलिभिजन, इमेल, इन्टरनेट चलाउन सहज हुने स्थानीयहरुले बताएका छन् । नगरपालिकाले बाहुनीडाँडामा गतवर्षदेखी नै विधुतीकरणको काम सुरु गरेको नगरप्रमुख राईले बताए । यसवर्ष नगरपालिकाको सवै वडामा विधुत विस्तारका लागि नगरपालिकाले आवश्यक वजेटको व्यवस्थापन गरेर टेण्डर निकाली सकेको छ ।

    प्राधिरकण र नगरपालिकाको सहकार्यमा नगरभित्रको सवै घरघरमा विधुत विस्तार गर्नका लागि आवश्यक तयारी पूरा भईसकेको र अब विधुतीकरणको काम मात्रै बाँकी रहेको नगरप्रमुख राईले बताए ।
    २०७६ फागुन २४ गते राती ८ : ३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology